
नवलपुरमा करेन्ट लागेर एक कामदारको मृत्यु
नवलपुर — नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणी क्षेत्रमा करेन्ट लागेर एक भवन निर्माणमा संलग्न कामदारको मृत्यु भएको छ।
मृत्यु हुनेमा बर्दिया, ठाकुरबाबा–२ घर भई हाल कावासोती–३ मा डेरा गरी बस्ने ३५ वर्षीय सरोज थारू रहेका छन्। कावासोतीमा निर्माणाधीन एक सरकारी भवनमा ड्रिल गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थारूको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



कागजपत्र |
