पूर्णिमाको चार गोलसँगै भुटानविरुद्ध ६–१ गोलले विजयी


काठमाडौं – पूर्णिमा राईको चार गोलको मद्दतले नेपालले साफ यू–२० महिला च्याम्पियनसिपमा शानदार सुरुवात गरेको छ ।

बंगलादेशमा जारी खेलमा नेपालले भुटानविरुद्ध ६–१ को अग्रता लिएको छ ।

बंगलादेशमा जारी खेलमा नेपाल पहिलो हाफमा ३–० ले अगाडि रहेको थियो ।

दोस्रो हाफमा सुधारिएको खेल प्रस्तुत गरेको भुटानले पहिलो गोल गर्दै खेललाई ३–१ मा पुर्याएको थियो । त्यसपछि नेपालले थप ३ गोल थप्दै शानदार जित हात पारेको हो ।

नेपालका लागि पूर्णिमा राईले ४ गोल गरेकी थिइन् भने सेनु परियारले २ गोल गरेका थिए ।

प्रतिक्रिया