चितवनमा बाघको आक्रमणबाट एकजनाको मृत्यु


चितवन – चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका एक व्यक्तिको बाघको आक्रमणबाट मृत्यु भएको छ।

खैरहनी नगरपालिका–१३ गवैका ६८ वर्षीय पदमबहादुर राना मगरलाई बिहान घाँस काट्ने क्रममा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए।

बिहान ७ बजे जंगलमा सँगै घाँस काट्न गएका व्यक्तिहरूको आँखैअघि बाघले आक्रमण गरेपछि उनीहरूले प्रहरी र निकुञ्जलाई खबर गरेका थिए।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार खोजी गर्दा पौने ३ बजेतिर राना मगरको शव फेला परेको हो।

घटनास्थलमा निकुञ्ज र प्रहरीको टोली पुगेर आवश्यक प्रक्रिया अघि बढाइएको छ।

प्रतिक्रिया