मौद्रिक नीति सार्वजनिक, ‘आर्थिक गतिविधि बढाउन लचिलो’


काठमाडौं – गभर्नर विश्व पौडेलले आर्थिक गतिविधि बढाउन लचिलो मौद्रिक नीति ल्याइएको बताएका छन् ।

शुक्रबार आर्थिक वर्ष २०८२/८३ का मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर पौडेलले अधिक तरलता कायम भई कर्जाको गुणस्तर घट्दा चुनौती थपिएको बताए ।

त्यस्तै नेपाल राष्ट बैंकले निजी घर बनाउन कर्जा सीमा बढाएर तीन करोड रुपैयाँ पुर्‍याएको छ ।

हाल यस्तो कर्जा सीमा दुई करोड रुपैयाँमात्र थियो ।

गभर्नर डा. पौडेलले मौद्रिक नीतिमार्फत् ब्याजदर करिडोर ६।५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको बताएका हुन् ।

ब्याजदर करिडोरको तल्लो सीमा ३ प्रतिशतबाट घटाएर २।७५ प्रतिशत कायम गरिएको छ ।

प्रतिक्रिया