
म्याग्दीमा पहिरोमा पुरिएर बुवाको मृत्यु, छोरा बेपत्ता
म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–३ लुप्सीपारमा आज दिउँसो पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलका अनुसार लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको पहिरोमा पुरिएर ज्यान गएको हो। उनका करिब १३ वर्षीय छोरा सरोज विक भने बेपत्ता छन्।
घटनास्थल नजिकको बारीको पाखामा घाँस काट्ने क्रममा अचानक माथिबाट पहिरो खसेर उनीहरू दुबैलाई पुरेको बताइएको छ।
बेपत्ता बालकको खोजीका लागि जनप्रतिनिधि, स्थानीयवासी र इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक सोमढास ढकालको नेतृत्वमा सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको छ।



कागजपत्र |
