अर्थसहित २ समितिको बैठक बस्दै


काठमाडौं – संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८२/०८३ को मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने विषयमा छलफल हुनेछ । बैठक बिहान १० बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ मा विज्ञसँग छलफल गर्ने कार्यसूची छ ।

बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया