
चिकित्सक र सरकारबीच भएका सहमतिका यस्ता छन् तीन बुँदा (सहमतिसहित)
काठकाडौं – उपभोक्ता अदालतको फैसलालाई लिएर आन्दोलनमा रहेका चिकित्सक र सरकारबीच तीन बुँदे सहमति भएको छ ।
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति गर्दै संघले आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय गरेको हो ।
सरकारसँग सहमति गर्दै नेपाल चिकित्सक संघलगायतका सरोकारवाला संघ संस्थाहरुले सबै किसिमका आन्दोलन आजैका मितिदेखि स्थगन गरी नियमित सेवा सुचारु गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संघका पदाधिकारीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कानून मन्त्री अजय चौरसिया र उद्योगमन्त्री दामोदर भण्डारीबीच भएको छलफलमा सहमति भएको हो ।
विभिन्न माग राखी आन्दोलनरत नेपाल चिकित्सक संघ तथा विभिन्न संघ संस्था एवं सरोकारवालाहरुका मागहरुको यथोचित सम्बोधन गर्न विद्यमान कानूनी एवं नीतिगत व्यवस्थामा आवश्यक संशोधनलगायतका विषयमा ७ दिनभित्र सुझाव सहितको प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने निर्णय भएको छ।




कागजपत्र |
