सेनाको हेलिकोप्टरले गर्यो त्रिशुलीमा फसेका दुई जनाको उद्धार


नुवाकोट — त्रिशूली नदीमा आएको बाढीमा २ जना फसेका दुई जनाको उद्धार भएको छ ।

बिहान साढे ५ बजेदेखि त्रिशुलीमा एक्कासी आएको बाढीमा फसेका दुई जनाको नेपाली सेनाको हेलिकोप्टरले ८ बजेर ८ मिनेटमा उद्धार गरेको हो ।

एक महिला र एक पुरूष बाढीले बगाएर ल्याएको काठ टिप्न गएको बेलामा बाढीमा परेका थिए ।

विदुर नगरपालिका वडा नं. १ स्थित त्रिशुदी नदि किनारको रुखमा चढेर २ जना बसेर ज्यान जोगाएका थिए ।

चीनतर्फ आएको बाढीका कारण रसुवागढी नाकामा भएका सयौं गाडीहरु बगाएको र मितेरी पुलसमेत बगाएको प्रारम्भिक जानकारी आएको छ ।

प्रतिक्रिया