
त्रिशुलीमा फसेका दुई जनाको अझै भएन उद्धार
नुवाकोट — त्रिशूली नदीमा आएको बाढीमा २ जना फसेको जनाइएको छ ।
विदुर नगरपालिका वडा नं. १ स्थित त्रिशुली नदि किनारको रुखमा चढेर २ जना बसिरहेको भिडियो सामाजिक सञ्जालमा देखिएको छ । उनीहरु बिहान साढे ५ बजेदेखि रुखमा बसेर ज्यान जोगाइरहेको जनाइएको छ । उनीहरुको उद्धारका लागि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामालगायतले प्रयास गरिरहेका छन् ।
यसैबीच बेत्रावती जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले मंगलबार बिहान ६ः१० बजे जारी गरेको सूचनामा पानीको सतह अझै बढ्दो क्रममा रहेको उल्लेख गरिएको छ।
बाढीको सम्भावनालाई मध्यनजर गर्दै त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
विभागले नदी आसपासका जोखिमयुक्त क्षेत्रहरूमा आकस्मिक बाढीको सम्भावना रहने भएकाले सावधानी अपनाउन तथा आवश्यक तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्रिशूली नदी रसुवा, नुवाकोट, धादिङ जिल्ला हुँदै बग्ने गर्छ ।



कागजपत्र |
