
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक आह्वान गरेका छन् ।
आज (सोमबार) साँझ सरकारी निवास बालुवाटारमा बस्नेगरि मन्त्रिपरिषद् बैठक आह्वान भएको ओलीले सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानुभन्दा अघिल्लो दिन (असार १३ गते) मन्त्रिपरिषद् बैठक बसेको थियो ।



कागजपत्र |
