
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज सकिँदै
काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार सक्ने तयारी छ। बैठक दिउँसो २ बजे बस्दैछ।
असार १६ गते शुरु भएको बैठक सक्ने तयारी रहेको पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा केद्रीय सदस्य र पूर्वपदाधिकारीले बोल्ने क्रम सकिएपछि आइतबारदेखि पदाधिकारीले बोल्ने क्रम चलिरहेको छ। बाँकी पदाधिकारीले आजको बैठकमा बोलिसकेपछि बैठकमा पेश भएका प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ।
बैठकले क्रियाशील सदस्यता टुंगो लगाउने, भ्रातृ संस्थाहरूको अधिवेसन लगायतका विषयमा निर्णय गर्नुका साथै समसमायिक विषयमा पनि निर्णय गर्नेछ।



कागजपत्र |
