एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै, के-के छन् त छलफलका एजेन्डा ?


काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीको सचिवालय बैठक बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । गत बिहीबार छोटो समय बैठक बसेर स्थगित भएको थियो ।

आजको बैठकमा रामकुमारी झाँक्रीले अनुशासन आयोगले सोधेको स्पष्टीकरणबारे दिएको जवाफमाथि पनि छलफल हुनेछ ।

युवा संघ नेपालको लुम्बिनी प्रदेशस्तरीय कार्यक्रममा गत शनिबार पूर्वमन्त्री झाँक्रीले पार्टी पुर्नगठनको एजेण्डा उठाएकी थिइन् । अध्यक्षमाथि नै संकट आएकाले पुनर्गठन गरेर पार्टीलाई अगाडि बढाउनुपर्ने उनको तर्क थियो । त्यस क्रममा ‘सिनो बोकेर हिड्न’ नसकिने पनि झाँक्रीले बताएकी थिइन् ।

प्रतिक्रिया