रौनकको शानदार १६८ रनको पारीसँगै नेपालले दियो भुटानलाई विशाल लक्ष्य


काठमाडौं – यू–१६ इष्ट जोन कपमा नेपालले भुटानलाई ३५९ रनको विशाल लक्ष्य दिएको छ ।

नेपालका लागि रौनक श्रीवास्तवले शानदार १६८ रनको पारी खेले । उनले १३२ बलमा उक्त रन बनाएका थिए ।

त्यस्नै नेपालका लागि जोय थापाले ६१ रन बनाउँदा शिवांस बजगाईंले ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रन बनाएका थिए ।

भुटानका लागि सञ्जय दोर्जीले १० ओभरमा ७० रन दिएर ३ विकेट हात पारेका थिए । त्यस्तै तेन्जीन लोडे जामत्सोले १ विकेट लिएका थिए ।

 

प्रतिक्रिया