
नेविसंघको महाधिवेशन माग्दै कांग्रेस कार्यालयमा प्रदर्शन
काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को महाधिवेशनको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालय अगाडि प्रदर्शन भएको छ।
नेविसंघको महाधिवेशन पक्षधर समूहका विद्यार्थीहरूले पार्टी कार्यालय सानेपामा भेला भई प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा सहभागीहरूले ‘म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले?’, ‘म मेरो पार्टीले बन्धक बनाएको नेविसंघ’, ‘म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ’ भन्ने प्लेकार्ड बोकेर असन्तुष्टि जनाए।
उनीहरूले लामो समयदेखि अधिवेशन नहुँदा संगठन कमजोर बनेको भन्दै तत्काल महाधिवेशन गर्न माग गरेका छन्।



कागजपत्र |
