अविरल बर्षाले धनगढी बजार जलमग्न


धनगढी – धनगढीमा अविरल वर्षाका कारण जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

धनगढी उपमहानगरपालिका क्षेत्रका विभिन्न टोलहरूमा पानी पसेपछि स्थानीयहरू ठूलो समस्यामा परेका छन् ।

उपमहानगरपालिका–८ का दर्जनौँ टोलहरू जलमग्न छन् । नालाको पानी उल्टिएर घरभित्र पसेपछि स्थानीयहरू सडकमा आउन बाध्य भएका छन्। केही घर तथा पसलमा त कम्मरसम्म पानी पुगेको स्थानीयवासी बताउँछन् ।

धेरैजसो टोलहरूमा नालाको निकास प्रणाली कमजोर भएकोले वर्षासँगै पानी थुप्रिएको हो । अविरल वर्षा र डुवानका कारण विभिन्न स्थानमा विद्युत सेवा पनि अवरुद्ध भएको छ ।

प्रतिक्रिया