
पूर्वमन्त्री बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश
काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश गरिएको छ । आइतबार थुनछेक बहसपछि विशेष अदालतले उनलाई धरौटीमा छाड्न आदेश गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिद भ्रष्टाचार मुद्दामा बयान दिन उनी आइतबार अदालतमा उपस्थित भएका थिए ।विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उनको बयान र थुनछेक भएको थियो ।



कागजपत्र |
