
स्वास्थ्य मन्त्री प्रदीप पौडेल वीर अस्पतालमा भर्ना
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ज्वरोको लक्षण देखिएपछि शनिबार वीर अस्पतालमा भर्ना भएका छन्।
अस्पताल स्रोतका अनुसार मन्त्री पौडेललाई ज्वरो आएपछि तत्कालै अस्पताल लगिएको हो। हाल उनको वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचार भइरहेको छ। स्वास्थ्य परीक्षणहरू जारी छन् र चिकित्सकहरूको निगरानीमा राखिएको छ।



कागजपत्र |
