प्रधानमन्त्री ओली स्पेनको मेड्रिडमा


मेड्रिड (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओली विकासका लागि वित्तसम्बन्धी संयुक्त राष्ट्रसंघको चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको राजधानी मेड्रिड आइपुगेका छन्।

शनिबार राति कतारको दोहा हुँदै मेड्रिड अवतरण गरेका प्रधानमन्त्री ओलीको स्वागतमा अडोल्फो सौरेज बाराजास अन्तरराष्ट्रिय विमानस्थलमा विशेष तयारी गरिएको थियो। उहाँलाई स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा तथा स्पेनको विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।

प्रधानमन्त्री ओली नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल आज साँझसम्म सम्मेलनस्थल सेभिल्ला प्रस्थान गर्ने कार्यक्रम छ।

संयुक्त राष्ट्रसंघीय सम्मेलनमा प्रधानमन्त्री ओलीले विकासशील राष्ट्रको तर्फबाट वित्तीय सहयोग, अन्तर्राष्ट्रिय साझेदारी र दिगो विकासको विषयमा नेपाल सरकारको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया