धान दिवसमा राष्ट्रपति पौडेलको रोपाइँ, कृषकलाई सम्मान गर्न आग्रह


काठमाडौं– धान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतल निवास परिसरमा प्रतीकात्मक रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रमको प्रमुख अतिथि राष्ट्रपति रामचन्द्र पौडेल तथा प्रथम महिला सविता पौडेलको सहभागितामा रोपाइँ सम्पन्न भयो।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषिको आधुनिकीकरण गर्दै यसलाई व्यावसायिक बनाउनु समयको आवश्यकता भएको बताए। उनले कृषिलाई रोजगारीको प्रमुख आधार बनाउन सकिने बताए।

राष्ट्रपतिले कृषिमा लाग्ने श्रमको सम्मान गर्नुपर्ने र कृषकलाई अन्नदाता भन्दै कदर गर्नुपर्ने धारणा राखे। “कृषिलगायत सबै किसिमका श्रमको सम्मानको संस्कृति विकास गर्नुपर्ने छ,” उनले भने, “धान उत्पादनमा प्रोत्साहन दिन र कृषकलाई हौसला दिन प्रतीकात्मक रूपमा रोपाइँमा सहभागी भएको हुँ।”

प्रतिक्रिया