२४ घण्टामा देशभर थपिए १ सय ५२ जना कोराेना सङ्क्रमित, १ को मृत्यु


काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ सय ५२ जनामा कोभिड १९ सङ्क्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित बुलेटिन जारी गर्दै १ सय ५२ जनामा कोभिड पोजेटिभ भएको जानकारी दिएको छ। त्यस्तै कोभिडको कारण एक जनाको मृत्यु भएको छ।

२४ घण्टामा ६५ जना सङ्क्रमणमुक्त भएका छन्। अहिलेसम्म देशभर २ लाख ७७ हजार ४ सय ६१ जनामा कोभिड पोजेटिभ देखिएको छ।

अहिलेसम्म देशभर २२ लाख ७५ हजार ५ सय ४० जना मानिसको पिसिआर परीक्षण गरिएको छ। कोभिड १९ सङ्क्रमण भएका ३ हजार ३१ जना मानिसको मृत्यु भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

प्रतिक्रिया