
गुल्मीमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी
गुल्मी- गुल्मीको मुसिकोट नगरपालिका–४ दिगामचौरमा विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी भएका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार बिरामी पर्नेमा ६८ वर्षीया फुलमाया कुमाल, ७६ वर्षीय थम्मन बहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका छन्।
उनीहरूले हिजो दिउँसो जंगलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएका थिए। राति नै टाउको दुख्ने, रिङ्गाटा लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिएपछि अवस्था गम्भीर भएपछि उनीहरूलाई तत्काल लुम्बिनी मेडिकल कलेज, प्रभास पाल्पा पठाइएको प्रहरीले जनाएको छ।



कागजपत्र |
