मंसिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन हुन्छ: ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा मंसिरभित्र मिथेन ग्यासको परीक्षण उत्पादन सुरु हुने जानकारी दिएका छन्। व्यावसायिक उत्पादन भने आगामी आर्थिक वर्षभित्रै शुरू हुने उनले बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले दैलेखमा फेला परेको मिथेन ग्यासको सदुपयोग गरिने स्पष्ट पारे।

“दैलेखमा १ सय १२ अर्ब घनमिटर मिथेन ग्यास भेटिएको छ,” ओलीले भने, “यसको परीक्षण उत्पादन मंसिरभित्र हुनेछ र आगामी आर्थिक वर्षभित्र व्यावसायिक उत्पादन पनि सुरू हुनेछ।”

चिनियाँ कम्पनीले गरेको अन्वेषणले मिथेन ग्यासको उपस्थितिको पुष्टि गरेपछि प्रधानमन्त्री ओलीले सम्बन्धित सरकारी निकायहरूलाई परीक्षण उत्पादनका लागि तयारी थाल्न निर्देशन दिएका थिए।

प्रतिक्रिया