
पहिरोले धादिङबेसी-मलेखु सडक अवरुद्ध
धादिङबे- पहिरोले धादिङबेसी-मलेखु सडक खण्ड अवरुद्ध भएको छ ।
कालुमाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका– ८ ससाहको दारेगौँडामा शुक्रबार दिउँसो पहिरो झरेको हो ।
उक्त पहिरोले सडक अवरुद्ध भएको र खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।



कागजपत्र |
