टी–२० सिरिजः टस जितेर नेपाल फिल्डिङमा, पहिलो ओभरमै सफलता


काठमाडौं — स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालले नेदरल्यान्डसविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

फिल्डिङ सुरु गरेको नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ । नेपालका लागि ललित राजवंशीले पहिलो विकेट लिएका छन् ।

सिरिजमा नेपालले एक खेलमा जित र एक खेलमा हार बेहोरेको छ । भीम सार्कीले टी–२०आईमा डेब्यु गर्ने भएका छन् । उनीसँगै आरिफ शेख, आसिफ शेख पनि टोलीमा फर्किएका छन् ।

नेपालको प्लेइङ ११
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), सन्दीप लामिछाने, ललित राजवंशी, भीम सार्की, आरिफ शेख, लोकेश बम,रुपेश सिंह, करण केसी र दीपेन्द्रसिंह ऐरी ।

 

प्रतिक्रिया