


प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं – सत्तारुढ दलका दुई शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार दिउँसो प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार दुई नेताबीच संसदमा भइरहेको अवरोध, बजेट लगायत समसामयिक विषयमा छलफल भएको छ ।

