पूर्वमन्त्री शास्त्रीको निधनमा ३ दिन पार्टीको झन्डा झुकाउने कांग्रेसको निर्णय


काठमाडौं – नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले शास्त्रीप्रति उच्च सम्मान प्रकट गर्दै बैठकले शोक कार्यक्रम पनि सार्वजनिक गरेको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार असार ४, ५ र ६ गते तीन दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाइने छ ।

यस्तै, असार ५ गते बिहीबार पार्टीका सबै तहका कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय भएको उनले बताए ।

शास्त्रीको असार २ गते काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया