
प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित
काठमाडौं– प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ ।
संसद् सचिवालयले मंगलबार सूचना टाँस गरेर बिहीबारसम्मका लागि बैठक स्थगित गरेको हो । बैठक बिहीबार बिहान ११ बजे बस्ने सार्वजनिक सूचनामा उल्लेख छ ।
सभामुख देवराज घिमिरेले दलहरूलाई बुधबार सहमतिका लागि गृहकार्य गर्न भनेका छन् । यसअघि दिउँसो २ बजेपछि बसेको बैठक केहीबेरमै आधा घण्टाका लागि स्थगित भएको थियो । तोकिएको आधा घण्टामा बैठक चल्न नसकेपछि सूचना टाँस गरेर साढे ४ बजेका लागि सारिएको थियो ।



कागजपत्र |
