


सन्दीपको किफायती बलिङसँगै नेपाललाई १५३ रनको लक्ष्य

काठमाडौं – सन्दीप लामिछानेको उत्कृष्ट बलिङसहित नेपालले नेदरल्याण्ड्सविरुद्ध जितका लागि १५२ रनको लक्ष्य पाएको छ ।
स्कटल्याण्डमा जारी त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले टस जितेर नेदरल्याण्ड्सलाई ब्याटिङको निम्तो दिएको थियो । नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५२ रन बनाउँदै उक्त लक्ष्य प्रस्तुत गरेको हो ।
टस हारेर ब्याटिङका लागि मैदानमा आएको नेदरल्याण्ड्स नेपाली स्टार बलर सन्दीप लामिछानेको धारिलो बलिङ सामू खुलेर खेल्न सकेन । सन्दीपले नेपालका लागि किफायती बलिङ गर्दै चार ओभरमा १८ रन दिएर ३ विकेट हात पारे ।
त्यस्तै नेपालका लागि ललित राजवंशीले चार ओभर बलिङ गर्दै २२ रन दिएर १ विकेट हात पारे । त्यस्तै नेपालका लागि नन्दन यादवले २ विकेट लिएका थिए । नेपालका लागि कुशल भुर्तेलले २ ओभर बलिङ गर्दै १ विकेट लिए ।
नेदरल्याण्ड्सका लागि विक्रमाजित सिंले ३० रन बनाए भने मिचेल लेभिटले २० रन बनाए भने म्याक्स ओडवले १९ रन बनाएका थिए । त्यस्तै कप्तान स्कट एडवार्डस् १ रनमा आउट हुँदा नोह क्रोसले २ रन बनाएका थिए । त्यस्तै ज्ञाह लायन क्याचेट ११ रन बनाउँदै आउट भए ।
नेदरल्याड्सका लागि तेजा निदामानुरुले सर्वाधिक ३५ रन बनाएका थिए । त्यस्तै सकिब जुल्फिकरले विस्फोटक पारि खेल्दै १२ बलमा २५ रन बनाए ।

