
इजरायलको जासुस भएको आरोपमा इरानमा एक व्यक्तिलाई फाँसी
काठमाडौं- इजरायली गुप्तचर संस्था मोसाद का लागि जासुसी गरेको अभियोगमा इरानले एक व्यक्तिलाई मृत्युदण्ड दिएको छ। इरान इन्टरनेसनलका अनुसार, देशद्रोहको आरोपमा दोषी ठहर भएका इस्माइल फेक्री नामका नागरिकलाई सोमबार फाँसी दिइएको हो।
इरानको सरकारी मिडियाका अनुसार, सर्वोच्च अदालतले मृत्युदण्डको फैसला सदर गरेपछि उनलाई कारबाही गरिएको हो। फेक्रीमाथि इजरायली एजेन्टहरूलाई गोप्य सूचना उपलब्ध गराएको आरोप लागिएको थियो।
पछिल्ला केही हप्तामा इजरायलको पक्षमा जासुसी आरोपमा मृत्युदण्ड दिइएको यो तेस्रो घटना हो। यसअघि अप्रिल महिनामा साइबर सुरक्षा विज्ञ मोहसेन लङ्गरनेसिनलाई पनि जासुसी अभियोगमा फाँसी दिइएको थियो।
तर मानव अधिकार समूहहरूले यी मुद्दाहरूमा गम्भीर आपत्ति जनाउँदै आएका छन्। उनीहरूले जबर्जस्ती बयान लिनुका साथै निष्पक्ष कानुनी प्रक्रिया नअपनाइएको भन्दै दोषी ठहर गरिएका व्यक्तिहरूको मुद्दा पुनरावलोकन गर्न माग गर्दै आएका छन्।



कागजपत्र |
