माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै


काठमाडौँ – माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ ।

आज बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बैठक बस्न लागेको एक प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए

प्रवक्त श्रेष्ठका अनुसार आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।

उनले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि छलफल हुने बताए ।

फागुन २३ मा सर्वोच्च अदालतले गरेका नेकपा खारेजीको फैसलापछि साविकका एमाले र माओवादी केन्द्र ब्यूँतिए पनि ओली सरकारलाई माओवादी केन्द्रको समर्थन कायमै छ ।

काँग्रेस-जसपालगयतका दलसँगको छलफलपछि प्रचण्ड ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा रहेको बुझिएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकमा सांसद देव गुरुङले ओलीले विश्वासको मत लिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया