करेन्ट लागेर बर्दियामा २ जनाको ज्यान गयाे


काठामाडाैं- करेन्ट लागेर बर्दियामा दुई जनाको ज्यान गएको छ । बाँसगढी नगरपालिका वडा नम्बर ९ माछागढका ५७ वर्षका राजेन्द्रजङ्ग शाह र गुलरिया नगरपालिका वडा नम्बर १२ भैसाहीका २१ वर्षका वीरेन्द्र थारुको करेन्ट लागेर ज्यान गएको हो ।

शाहको आज खेतमा पानी लगाउने क्रममा र थारुको हिजो बेलुका घर बनाउने क्रममा करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया