


प्रहरीका ११ जना एसएसपीको डीआईजीमा बढुवा र पदस्थापन, काे कहाँ ?

काठमाडौं- प्रहरी संगठनमा नेतृत्व तहमा फेरबदल गरिएको छ। नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी)हरू नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भएका हुन्।
गृहमन्त्रीस्तरीय निर्णयअनुसार ११ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) को बढुवा र नयाँ पदस्थापन गरिएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार जानकारी दिएको अनुसार, सरुवा भएका डीआईजीहरूलाई विभिन्न महत्त्वपूर्ण जिम्मेवारी दिइएको छ।
प्रमुख पदस्थापनहरू:
सुदर्शन प्रसाद कोइराला – विशेष ब्युरो
विनोद घिमिरे – महानिरीक्षकको सचिवालय
दीपेन्द्र घर्ती क्षेत्री – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान
दीपक रेग्मी – अन्वेषण योजना तथा विकास निर्देशनालय
माधव प्रसाद श्रेष्ठ – कर्णाली प्रदेश प्रहरी कार्यालय
दिलीप सिंह देउवा – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालय
दीपक कुमार बस्नेत – प्रदेश समन्वय विभाग
ओम बहादुर राना – अख्तियार अन्वेषणसम्बन्धी कार्य
जयराज सापकोटा – कार्यविभाग
सञ्जीव शर्मा दास – अपराध अनुसन्धान निर्देशनालय
सुरेन्द्र बहादुर गुरुङ – साइबर ब्युरो

