


त्रिशूलीमा डुबेर बेपत्ता भएकी बालिकाको खोजी जारी, गोताखोर टोली खटियो

तनहुँ- तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक ११ वर्षीया बालिका डुबेर बेपत्ता भएकी छिन्। स्थानीय सृष्टि गुरुङ जेठ १५ गते साँझ ६ बजे त्रिशूली नदीमा साथीसँग पौडी खेल्दै गर्दा डुबेर बेपत्ता भएकी हुन्।
डुबेको सूचना प्राप्त भएपछि उद्धार कार्यमा सशस्त्र प्रहरी बल नेपालका गोताखोर खटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
चितवनस्थित सशस्त्र प्रहरी बल नं. १७ गणबाट सहायक निरीक्षक भोगेन्द्र महतोको नेतृत्वमा गोताखोरसहितको टोली जेठ १६ गते बिहान ११ बजेदेखि घटनास्थलमा परिचालित गरिएको हो।

