ललितपुरमा खाजा खान होटेलमा गएका युवकको रहस्यमय मृत्यु


ललितपुर- ललितपुर महानगरपालिका–१४ नखिपोटमा एक युवकको रहस्यमय मृत्यु भएको छ। जेठ १४ गते मध्यान्ह, काभ्रेको महाभारत गाउँपालिका–५ का २३ वर्षीय टुकेस मगर स्थानीय दिलबहादुर आलेको खाजा घरमा खाजा खान प्रवेश गरेका थिए।

प्रत्यक्षदर्शीका अनुसार, उनी टेबुलमा बसेर केही समयमै लडेर ढलेका थिए। घटनास्थलमै मृत्यु भएको पुष्टि जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी चक्रराज जोशीले गरेका छन्। मृतक मगर हाल ललितपुरको लोहाचोकमा बस्दै आएका थिए।

घटना रहस्यमय भएकाले शवलाई पाटन अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। मृत्युको कारण खुल्न बाँकी रहेकाले प्रारम्भिक अनुसन्धानपछि रिपोर्टको आधारमा थप कदम चालिने प्रहरीको भनाइ छ।

 प्रहरीले आसपासको सिसिटिभी फुटेज संकलन गरी, घटनास्थलमा उपस्थित व्यक्तिहरूको बयान लिने कार्य अघि बढाएको छ।

प्रतिक्रिया