


एएफसी यु-२३ एसियन कप छनोटः नेपाल समूह ‘के’ मा

काठमाडौं – एएफसी यु–२३ एसियन कप छनोटमा नेपाल समूह ‘के’ मा परेको छ ।
एसियन फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरको ‘ड्र’ अनुसार नेपालको समूहमा ताजकिस्तान, सिरिया र फिलिसिन्सको टिम रहेका छन् । यो समूहको खेल ताजकिस्तानमा हुनेछ ।
छनोट प्रतियोगितामा ४४ टोली सहभागी रहने छन् । यी टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन् ।
प्रत्येक समूहका विजेता र चार उत्कृष्ट उपविजेता टोलीले अर्को वर्ष साउदी अरेबियामा हुने प्रतियोगितामा स्थान बनाउने छन् । आयोजक राष्ट्र साउदी अरेबिया भने सीधै छनोट भइसकेको छ।

