


बढेन वृद्धभत्ताको उमेर

काठमाडौं – सरकारले सामाजिक सुरक्षा कार्यक्रमका लागि १ खर्ब ९ अर्ब रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उक्त जानकारी दिए ।
छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत गरिने र सबै सामाजिक सुरक्षामा आबद्ध हुन क्रमशः राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने घोषणा गरे ।
साथै ज्येष्ठ नागरिकलाई घुम्ती टोली बनाएर राष्ट्रिय परिचयपत्र प्रदान गरिने बताए । तर, वृद्ध भत्ताको उमेर बढाउने बारेमा कुनै घोषणा गरेका छैनन् । सामाजिक सुरक्षाका नाममा दोहोरो सुविधा नदिइने बताए ।

