


प्रतिनिधिसभाको बैठक सुरु

काठमाडौं — प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए ।
विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।
विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामाको माग यथावत् राख्दै बजेट पेश गर्न दिने निर्णय गरेका छन् ।

