माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच आज एकता, सम्बोधन गर्दै प्रचण्ड


काठमाडौं – नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच आज (सोमबार) एकता घोषणा हुने भएको छ ।

एकता घोषणासभा बिहान ११ः३० बजे ललितपुरको ग्वार्कोस्थित खरिबोटमा रहेको कान्तिपुर ब्यांक्वेटमा आयोजना हुने माओवादी केन्द्रले जनाएको छ ।

एकता सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।

यसअघि आइतबार नेपाल समाजवादी पार्टीको संयोजकमा गंगानारायण श्रेष्ठ चुनिएका थिए । सहअध्यक्ष श्रेष्ठले केन्द्रीय समिति पुनर्गठन गरी नेतृत्व आफ्नो हातमा लिएका हुन् ।

ललितपुरस्थित एकान्तकुनामा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी केन्द्रीय समिति पुनर्गठन गरी सहध्यक्ष गंगानारायण श्रेष्ठलाई संयोजक तोक्ने निर्णय गरेको हो ।

बैठकले गत ३ चैत्र २०८० मा नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीको पार्टी एकता संयोजन समितिको संयुक्त बैठकले गरेको ३ बुँदे निर्णयको आधारमा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया