शौचालयमा लडेर मनकामना दर्शनमा आएका भारतीय पर्यटकको मृत्यु


चितवन- मनकामना दर्शनका लागि आएका एक भारतीय पर्यटकको शौचालयमा लडेर मृत्यु भएको छ। मृत्यु हुनेमा गुजरात, भारतको पालनपुरका ६२ वर्षीय मन्नुप्रसाद भट्ट रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

भट्ट इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केवलकार स्टेशनको शौचालयमा लडेका थिए। प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार उनी शौचालयमा अचेत अवस्थामा फेला परेपछि तत्काल उपचारका लागि इच्छाकामना आधारभूत अस्पताल, कुरिनटार लगिएको थियो। तर, चिकित्सकले अस्पतालमै मृत घोषणा गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल पठाइएको छ।

प्रतिक्रिया