

एमाले सचिवालय बैठक आज, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौं – नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । आइतबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बताइएको छ ।
बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने नेताहरूले बताएका छन् । सत्ता साझेदार दलका सांसद एवं गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसाबारे प्रश्न उठेपछि पहिलोपटक एमाले बैठक बस्न लागेको हो ।

