बागमती प्रदेशसभा बैठक बस्दै


काठमाडौं– बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे हेटौँडामा बस्दैछ ।

बैठकमा आगामी आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ ।

मङ्गलबारको बैठकमा आन्तरिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आर्थिक वर्ष २०८२–०८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका थिए ।

 

प्रतिक्रिया