बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू


काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक सुरू भएको छ। बैठकमा नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको एजेन्डा प्रमुख रूपमा समावेश गरिएको छ।

त्यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमै भेटवार्ता भएको थियो। सो भेटपछि गभर्नर सिफारिस समितिको बैठक अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बसेको थियो।

बैठकले तीन जनाको नाम गभर्नर पदका लागि सिफारिस गरेको छ। सिफारिस सूचीमा प्रा.डा. विश्व पौडेल पहिलो नम्बरमा छन् भने निलम ढुङ्गाना तिम्सिना र दिनेश भट्टराई क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन्।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले सिफारिस समितिको सिफारिसअनुसार प्रा.डा. पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्त गर्ने निर्णय गर्ने सम्भावना रहेको छ।

प्रतिक्रिया