प्रतिनिधिसभाबाट ‘जलस्रोत विधेयक’ पारित


काठमाडौं — प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ ।

सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा पूर्वाधार विकास समितिको प्रतिवेदनसहितको जलस्रोत विधेयक, २०८१ माथि छलफल भएको थियो । छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खड्काले जलको सदुपयोग र संरक्षण गर्नका लागि आवश्यक कानुन व्यवस्था तर्जुमा गर्न सरकारले विधेयक ल्याएको बताए ।

विधेयकमा बाँध वा जलाशयको निर्माण गरी आयोजनाको विकास गर्दा त्यस्तो बाँध वा जलाशयबाट माथिल्लो र तल्लो तटीय क्षेत्रले प्राप्त गर्ने लाभ र जोखिमको विश्लेषण गरी तोकिएबमोजिम लाभको गणना र बाँडफाँड गर्नुपर्ने, जलस्रोतको एकीकृत एवं दिगो विकास, उपयोग, संरक्षण र व्यवस्थापनका लागि आयोगको स्थापना गर्ने लगायत उल्लेख छ । सरकारले २०८१ ज्येष्ठ ३१ गते संसदमा जलस्रोत विधेयक दर्ता गरेको थियो ।

 

प्रतिक्रिया