


एमाले अध्यक्ष ओलीले गरे मदन–आश्रितको प्रतिमामा माल्यार्पण

काठमाडौं – नेकपा एमालेका दिवंगत नेता जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृतिमा एमाले नेताहरूले उनीहरूको प्रतिमामा माल्यार्पण गरेका छन्।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राजधानीको बल्खुस्थित मदन नगरमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण गर्दै स्मृतिसभा कार्यक्रम आयोजना गरिएको हो ।
बल्खुमा पार्टीको केन्द्रीय कार्यालय निर्माणका लागि मदन भण्डारीले विशेष पहल गरेका थिए। त्यसैले सो स्थानमा उनको प्रतिमा स्थापना गरिएको छ ।
प्रत्येक वर्ष मदन–आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित भण्डारीको प्रतिमालाई विशेष महत्वका साथ सम्झने गरिन्छ।

