कांग्रेस संसदीय दलको बैठक आज, यस्ता छन् छलफलका एजेन्डा


काठमाडौं — सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ ।

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठक दिउँसो २ः०० बजे सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बस्ने जानकारी दिए ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने प्रमुख सचेतक घिमिरेले बताए ।

प्रतिक्रिया