मालीमा सबै राजनीतिक दलमाथि प्रतिबन्ध, सैन्य शासनको नियन्त्रण बलियो


काठमाडौं – पश्चिम अफ्रिकी मुलुक मालीमा सैन्य सरकारले सबै राजनीतिक दलमाथि प्रतिबन्ध लगाएको छ। सन् २०२० देखि सत्तामा रहेको सैन्य शासक जनरल अस्सिमी गोइटाले राष्ट्रपतिको हैसियतमा नयाँ आदेश जारी गर्दै दलहरूमाथि पूर्ण प्रतिबन्ध घोषणा गरेका हुन्।

गत महिना सम्पन्न राष्ट्रिय सम्मेलनले गोइटालाई सन् २०३० सम्म राष्ट्रपतिको जिम्मेवारी दिन सिफारिस गरेको थियो। विपक्षी दलहरूले उक्त सम्मेलन बहिष्कार गर्दै आलोचना गरेका थिए।

बीबीसीका अनुसार माली सरकारले विगत वर्षदेखि नै राजनीतिक दलहरूमाथि दमन बढाउँदै आएको छ। हालै लोकतन्त्रको पक्षमा आयोजित प्रदर्शनमा दुई विपक्षी नेता बन्दुकधारी समूहद्वारा नियन्त्रणमा लिइएका थिए। ती समूहका सदस्यहरूले आफूलाई सुरक्षाकर्मी बताएको जनाइएको छ। यद्यपि, सरकारले यसबारे कुनै औपचारिक टिप्पणी गरेको छैन।

प्रतिक्रिया