मेरो मान्छे ल्याउने छैन, राष्ट्र बैंकमा क्षमतावान व्यक्तिलाई मात्र नियुक्ति हुन्छ: प्रधानमन्त्री ओली


काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा व्यक्तिगत निकटता वा प्रभावको आधारमा नभई योग्यताका आधारमा सक्षम व्यक्तिलाई नियुक्ति गर्ने पक्षमा रहेको बताएका छन्।

पूर्व योजनाकार मञ्च नेपालको औपचारिक शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, “राष्ट्र बैंकमा मेरो कोही ल्याउनु छैन। मेरिटोक्रेसीका आधारमा काम गर्न सक्ने व्यक्ति ल्याउने हो। मेरो मान्छे भन्ने चाहिँदैन। म प्रधानमन्त्री हुँ तर सरकारमा म मात्रै छैन। त्यसैले मेरिटोक्रेसीलाई म अत्यन्त महत्त्व दिन्छु।”

प्रधानमन्त्री ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष र सदस्यको नियुक्ति पनि सिफारिस समितिको सुझाव अनुसार क्षमताका आधारमा भएको स्पष्ट पारे। उनले एक आयोगका अध्यक्षलाई मुख्यसचिव हुँदा मात्र चिनेको भए पनि अरु पदाधिकारीसँग व्यक्तिगत सम्बन्ध नरहेको पनि बताए।

प्रतिक्रिया