जडीबुटीदेखि पेप्सीकोलासम्मका अनधिकृत संरचना हटाइने, ३५ दिनको अल्टिमेटम


काठमाडौं- काठमाडौं महानगरपालिका र सडक विभागले जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडक सीमा क्षेत्रभित्र निर्माण गरिएका अनधिकृत संरचना हटाउन निर्देशन दिएका छन्। सोमबार संयुक्त सूचना जारी गर्दै सम्बन्धित निकायहरूले सडकको सीमाङ्कन वैशाख १० गते सम्पन्न भइसकेको जानकारी दिएका छन्।

सूचनामा उल्लेख भएअनुसार अरनिको राजमार्गअन्तर्गत पर्ने जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँ–बायाँ १५÷१५ मिटरको क्षेत्रमा पर्ने संरचनाहरू नक्सा पास विपरीत निर्माण गरिएको पाइएकाले ती संरचना सूचना जारी भएको मितिले ३५ दिनभित्र सम्बन्धित व्यक्तिले स्वयं हटाउन वा भत्काउन भनिएको छ।

यदि तोकिएको समयसीमाभित्र संरचना नहटाइएमा सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४, निर्माण मापदण्ड तथा कार्यविधिअनुसार कारबाही गरिने सूचनामा चेतावनी दिइएको छ।

suchana

 

 

प्रतिक्रिया