पाकिस्तानमा रहेका ८० नेपाली विद्यार्थीको उद्दारका लागि सरकारलाई ध्यानाकर्षण


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीहरूको उद्दारका लागि सरकारसँग तत्काल कदम चाल्न आग्रह गरेका छन्। प्रतिनिधि सभामा बोल्दै खनालले पाकिस्तानमा रहेका करिब ८० जना नेपाली विद्यार्थीले उद्दारको माग गरिरहेको जनाउँदै उनीहरूको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने बताए।

खनालले भने, “पाकिस्तानमा रहेका ८० जना विद्यार्थीले उद्दारको माग गर्नुभएको छ। तुरुन्तै उद्दार र सुरक्षाका लागि आवश्यक पहल होस्।”

उनले हालै सार्क अध्यक्षको हैसियतमा नेपालले क्षेत्रीय शान्ति र स्थायित्वको पक्षमा दिएको वक्तव्यलाई सकारात्मक कदम भनेका छन्। तर, भारत–पाकिस्तानबीच युद्धको सम्भावना बढ्दै गएको सन्दर्भमा त्यसको नेपालमा पर्न सक्ने सुरक्षा, आर्थिक र आपूर्ति श्रृंखलाको प्रभावबारे सरकार गम्भीर हुनुपर्ने उनले औंल्याए।

 

 

 

प्रतिक्रिया