रेशम चौधरी पक्राउ प्रकरणबारे संसदमा के भने गृहमन्त्री लेखकले ?


काठमाडाैं- गृहमन्त्री रमेश लेखकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको हालैको पक्राउमा सरकारले कुनै राजनीतिक पूर्वाग्रह नराखेको स्पष्ट गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूका जिज्ञासामा जवाफ दिँदै गृहमन्त्रीले चौधरीको गिरफ्तारी शुद्ध रूपमा कानुन कार्यान्वयनको प्रक्रिया भएको बताए।

गृहमन्त्रीका अनुसार चौधरीलाई सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टको पत्रको आधारमा प्रहरीले पक्राउ गरी डिल्लीबजार कारागार चलान गरिएको हो। सो पत्र पछि फर्जी भएको पुष्टि भए पनि, प्रहरीले त्यतिबेला उपलब्ध कागजातअनुसार प्रक्रिया अघि बढाएको मन्त्री लेखकले प्रस्ट्याए।

सरकारले कानुनी प्रक्रियामा हस्तक्षेप नगर्ने नीतिगत अडान दोहोर्‍याउँदै उनले चौधरी प्रकरणलाई कानूनले नै टुंगोमा पुर्‍याउने बताए।

प्रतिक्रिया